समाचार
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
काठमाडौं । अतिकम विकसित राष्ट्रहरू (एलसीडी) को पाँचौ अन्तराष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् । मार्च ५ देखि कतारको राजधानी दोहामा जारी उक्त सम्मेलनले नेपाललाई अतिकम विकसित राष्ट्रहरूकोको अर्डिनेसन ब्युरोको अध्यक्षको जिम्मेवारी दिएको छ । एक...
आज मिथिला क्षेत्रमा होली पर्व मनाइँदै
काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एक–अर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ । यसअघि फागुन पूर्णिमाको...
आगलागीमा परेर बालिकाको मृत्यु
रौतहट । रौतहटको राजदेवी नगरपालिकास्थित आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका–४ बसन्तपुर (गडहिया) का भिखर राउतको खरको छाना भएको घरमा आगलागी हुँदा सुतिरहेकी उनको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राउतको घरबाट सल्किएको...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछ । दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुने भएको हो । आव दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन...
राष्ट्रपति निर्वाचन : संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र
काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तरगत संघीय सांसद र प्रदेश सभा सांसदका लागि अलग–अलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदैछ । त्यसको लागि बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ...
द्वन्द्वकालीन घटनाका मुद्दाविरुद्ध माओवादी निकट आठ दलको मोर्चाबन्दी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध द्वन्द्वकालीन घटनाका मुद्दा ब्युँतिने भएपछि माओवादी निकटका आठ दल मोर्चाबन्दीमा जुटेका छन् । प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नजिकिएका माओवादी नेताहरू सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए...
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि...
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले यतिवेला सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
‘नारी सशक्तीकरणका लागि सबै क्षेत्रका नारी–पुरुषले हातेमालो गर्नुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नारी सशक्तीकरणका लागि सबै क्षेत्रका नारी–पुरुषले हातेमालो गर्नुपर्ने बताएका छन् । बुधबार ८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा प्रदेश प्रमुख शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । प्रदेश...
हेटौंडाका अन्जनलाई पुरुष वर्ष खेलाडी अवार्ड
मकवानपुर । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो । अन्जनले...










