हेटौंडा दुर्घटना अपडेट : मृतकको सनाखत
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकी महिलाको मृत्यु भएको छ ।
बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ती गाडीले ठक्कर दिँदा मृत्यु भएकी महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ नयाँबस्ति बस्ने अन्दाजी ५० वर्षीया शान्ति माया मोक्तान रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको थियो ।
मृतक महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
