शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ चैत्र १,बुधबार १५:४०

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ ।

नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ब्यापार उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् ।

यसअघि मंगलबार नेप्से परिसूचक मार्केट बन्द हुने बेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।