त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ९ गते मात्रै
काठमाडौं । राजधानीको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत्र ९ गते मात्रै हुने भएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत्र ९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत्र ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली सार्वजनिक गर्ने, ४ गते मनोनयन पत्र वितरण गर्ने र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका रहेको छ ।
यसैगरी, चैत्र ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जानकारी दिए । यसअघि त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुबीच आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन सकेको थिएन ।
