भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको भाउ घटेर आएको हो ।
भाउ घटेसँगै पेट्रोलको मुल्य लिटरमा ८६ पैसा र डिजेलको मुल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता भाउबारे निर्णय गर्नेछ ।