मकवानपुरकी घलान मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ फुलबारीस्थित बिहीबार बिहान एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय १४ वर्षीया मनिषा घलानको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, घलान बिहान साढे ११ बजेको समयमा सोही ठाउँ बस्ने आफनै मामा संजय लामाको घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
४/५ महिना अगाडिदेखी मामा घर बस्दै आएकी उनी आँफै सुत्ने कोठा भित्र काठको दलिनमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उक्त घटनाको अवस्थामा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
