पुनः सञ्चालनमा आयो प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउण्ट

काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री कार्यालयले एक सूचना जारी गर्दै बुधबार साँझदेखि ट्विटर अकाउन्ट @PM_nepal_ अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको जानकारी गराएको छ । साथै कार्यालयले उक्त घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ ।
कार्यालयले टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन भइरहेको भन्दै छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।