समाचार
एमाले अध्यक्ष ओलीले दिए नवनियुक्त राष्ट्रपतिलाई शुभकामना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् । ‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक...
चरेशसहित एक महिला पक्राउ
रुपन्देही । रुपन्देही प्रहरीले साढे दुई किलो चरेशसहित भैरहवाबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी...
सूचना नदिने प्रशासकीय अधिकृतलाई जरिवाना
सप्तरी । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना गराएको छ । आयोगले कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार रुपैयाँ जरिवाना गराएको हो । सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको...
स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण
काठमाडौं । स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार, बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष...
राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रतिवेदन आज पेश गरिँदै
काठमाडौं । राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले माघ १६ गतेको निर्णय अनुसार, बिहीबार...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू–भागका...
नेविसंघको सिटौला समूहद्वारा विशेष भेला आह्वान
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको संस्थापन र इतर समूहबीचको विवाद चर्किदै जाँदा ‘तेस्रो धार’ भनिने समूहले विशेष भेला आह्वान गरेको छ । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले शुक्रबार बिहान ‘स्ववियु निर्वाचन विशेष भेला’ आह्वान गरेका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य सुशील भट्टले शुक्रबार बिहान ८...
मकवानपुरकी लिम्बुको खोलामा डुबेर मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने मुना लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । ४३ वर्षीया लिम्बुको बुधबार राप्ती खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनको अचानक छारेरोगले समातेपछी खोलामा लडि पानीमा डुबी मृत्यु भएको हो । उक्त घटनाको...
एक लाख घुससहित शिक्षा अधिकृत पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस गरेको...
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं । राष्ट्रपति पदमा नपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार, पौडेल निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । जसमध्ये...










