समाचार

मकवानपुरका दुई जना मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरमा शनिबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा गरी दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ८ः३० बजेको समयमा...

आज यी  प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई...

राष्ट्रपतिको चियापान आज, देशैभरका सांसद सहभागी हुने

काठमाडौं । राष्ट्रपतिको चियापान कार्यक्रम आज हुने भएको छ । त्यसको लागि राष्ट्रपति रामचन्द्र पौडेलले देशैभरका संघ र प्रदेशका सांसदहरुलाई शीतल निवासमा बोलाएका छ्न । उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् । उपराष्ट्रपति निर्वाचनको...

१५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विक रहेका छन् । उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका अनुसार, शुक्रबार सम्पन्न...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंबाट तीन जना, ललितपुरबाट दुई जना र सुनसनरीबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम, डिजिटल तराजु थान–१, नगद २ लाख ३९...

‘चैत्र १० गते सरकारले पूर्णता पाउँछ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री...

आगामी तीन दिनसम्म देशैभर वर्षाको सम्भावना

काठमाडौं । आगामी तीन दिन देशैभर हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षाको सम्भावना रहेको बताएकी हुन् । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएकोले आगामी तीन दिनसम्म हल्का वर्षा...

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी

काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत गरी ८२९ मत खसेको थियो...

सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो

काठमाडौं । शुक्रबार देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान भएको छ । नेपाल प्रहरीको दैनिक बुलेटिनका अनुसार, शुक्रबार कलैया, कास्की र चितवनमा भएको दुर्घटनामा परेर तीन जनाको ज्यान गएको हो । शुक्रबार बिहान बाराको कलैयामा बसको ठक्करबाट एक बालकको ज्यान गएको हो । बालमन्दिरस्थित सडकमा...