आगामी तीन दिनसम्म देशैभर वर्षाको सम्भावना

२०७९ चैत्र ३,शुक्रबार १७:०७

काठमाडौं । आगामी तीन दिन देशैभर हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसमविद् रोजन लामिछानेले आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षाको सम्भावना रहेको बताएकी हुन् ।
पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएकोले आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएको उनल बताइन् । उनले निरन्तर झरी भने नहुने बताउँदै आजदेखि सुरु भएको वर्षाले किसानलाई फाइदा हुने बताइन् ।