१५ हजार घुससहित सव–इन्जिनियर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर २८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विक रहेका छन् । उनलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सो आधारमा पुगेको अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार रंगेहात पक्राउ गरेको जनाएको छ ।