उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी

काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति पदमा विजयी भएका हुन् ।
निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत गरी ८२९ मत खसेको थियो । जसमध्ये यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ गरी ५१३ मत प्राप्त गरे ।
यस्तै, उनका प्रतिस्पर्धी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ गरी २७३ मत प्राप्त गरे भने जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ र संघतर्फ २३ गरी ३८ मत पाएका छन् । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत पाइन् ।
उपराष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ ।