उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिने

तु खबर संवाददाता
२०७९ चैत्र ५, आईतवार ०८:१४
file-photo

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचन गत चैत्र ३ गते शुक्रबार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यस्तै, उनका प्रतिस्पर्धी उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मत, ममता झाले २ हजार ५३७ मत र प्रमिला कुमारीले ४८ मत प्राप्त गरी पराजित भएका थिए ।