उपराष्ट्रपति निर्वाचन : मतगणना कार्य सुरु

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना केहीबेर अघिबाट सुरु भएको हो ।
निर्वाचनमा ८२९ मत खसेको छ । मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्य गरी ८२९ जनाले मतदान गरेका हुन् । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । यस्तै, प्रदेश सभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार रहेका छन् ।