समाचार

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आर्इतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश...

प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधि सभामा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले सो विधेयक पेस गरेकी हुन् । यस्तै, प्रतिनिधि सभा...

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन, बागमतीका १९

काठमाडौं । देशभर संचालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसमध्ये कोशी प्रदेशका २१ क्याम्पस, बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो । त्रिवि स्रोतका अनुसार...

आईतबार ६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।...

टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

बुटवल । पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । रिप्दिकोटको सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, ठक्करबाट...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार, बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको हो । यसअघि लोसपा...

स्ववियु निर्वाचन : देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार, देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो । निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १ हजार ५३२ जना प्रहरी परिचालन...

मकवानपुरको ७ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी

मकवानपुर । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ वटा क्याम्पसमा हाल मतदान जारी छ । जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी सङ्गठनबीच सहमतिमा स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा...

यी १३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरीका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ । देशभरीका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित १३ क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स...

पर्साबाट पक्राउ परे हेटौंडाका खनाल

पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्रामसहित प्रहरीले शुक्रबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाल रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय...