समाचार

एमालेले बोलायो सचिवालय बैठक, उपराष्ट्रपतिबारे निर्णय गर्ने

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्ने गरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार, बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि...

हेटौंडामा मनोसामाजिक सुस्वास्थ्यबारे अन्तरक्रिया

मकवानपुर । हेटौंडामा शुक्रबार विहान मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका विषयक अन्तरक्रिया भएको छ । कोशिश नामक संस्थाको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रममा मानसिक स्वास्थ्यका समस्या र यसमा मिडियाको भूमिकाबारे चर्चा गरिएको थियो । अहिले मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै...

सर्वोच्चद्वारा प्रचण्डविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी परेको रिट निवेदनमा आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको उक्त रिट निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिन अस्वीकार गरेको हो । संक्रमणकालिन न्यायसँग जोडिएको...

नवोदयमा ‘जुनियर साइन्टिस्ट’ कार्यक्रम

मकवानपुर । नवोदय विज्ञान समूहको आयोजनामा शुक्रबार नवोदय शिशु सदन विद्यालयमा जुनियर साइन्टिस्ट कार्यक्रम भएको छ । जुनियर साइन्टिस्ट कार्यक्रममा कक्षागत रुपमा उत्कृष्ट सात समूह छनौट भएका छन् । तैरिने र डुब्ने वस्तुहरु’ को प्रयोगात्मक गरेका कक्षा १ का प्रिन्सा मोक्तान, अनुभव कौशिक पण्डित र लियना कोइरालाको समूह उत्कृष्ट...

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बुझाए निर्वाचन खर्च विवरण

काठमाडौं । राष्ट्रपति पदका नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । उनले शुक्रबार निर्वाचन आयोगमा राष्ट्रपछि निर्वाचनमा भएको खर्च विवरण बुझाएका हुन् । आयोगमा बुझाएको विवरण अनुसार, नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् । जसमध्ये प्रचारप्रसार, छापा एवम् विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरुलाई...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको घण्टाघरमा आज बिहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौं बस्ने सुजल छावुहाङ राई रहेका छन् । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई...

सातामा ३३ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सुधार आएको छ । फागुन २१ गते आइतबारदेखि फागुन २५ गते बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा नेप्से परिसूचक ३३ अंकले बढेको छ । यद्यपि, फागुन २२ गते होली र फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सार्वजनिक विदा...

फागुन २८ गते माओवादी धारको संयुक्त पत्रकार सम्मेलन हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित माओवादी धारको संयुक्त पत्रकार सम्मेलन यही फागुन २८ गते हुने भएको छ । नेकपा माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै फागुन २८ गते आइतबार २ बजे काठमाडौंको प्रज्ञा भवनमा हुने जानकारी गराएका हुन् । आज बसेको माओवादी धारको बैठकले आइतबार...

जनमत पार्टीद्वारा उपराष्ट्रपतिमा ममताको नाम अनुमोदन

काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अनुमोद गरेको छ । सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन...

चार कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी नेपाल, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा...