पर्साबाट पक्राउ परे हेटौंडाका खनाल

तु खबर संवाददाता
२०७९ चैत्र ५,आईतवार ०९:०२
सांकेतिक तस्बिर

पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्रामसहित प्रहरीले शुक्रबार राति एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाल रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।