टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७९ चैत्र ५,आईतवार १५:४७

बुटवल । पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

रिप्दिकोटको सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो । घटनालगत्तै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।