प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

तु खबर संवाददाता
२०७९ चैत्र ५,आईतवार १५:४१
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार, बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको हो ।

यसअघि लोसपा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बस्थ्यो तर, अब सत्ता पक्षमा नै बस्ने निर्णय गरेको छ । बैठकले सरकारमा समेत सहभागी हुने निर्णय गरेको छ ।