स्ववियु निर्वाचन : देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन

तु खबर संवाददाता
२०७९ चैत्र ५, आईतवार १५:३४

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार, देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १ हजार ५३२ जना प्रहरी परिचालन गरिएको छ ।

यस्तै, कोशीमा १ हजार २०६, मधेसमा २२२, बागमतीमा ५२९ जना, गण्डकीमा ६८०, कर्णालीमा ४२९, सुदूरपश्चिममा ५७७ जना प्रहरी परिचालन गरिएको छ ।

यस्तै, उपत्यकाका क्याम्पस क्षेत्रमा १३०० जना प्रहरी परिचालन गरिएको छ । देशभर चुनाव हुने ४४८ क्याम्पसमध्ये २८४ वटामा मनोनयन दर्ता भएका थिए ।