प्रतिनिधि सभामा सत्य निरुपणसम्बन्धी विधेयक प्रस्तुत
काठमाडौं । प्रतिनिधि सभामा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ ।
आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले सो विधेयक पेस गरेकी हुन् ।
यस्तै, प्रतिनिधि सभा नियमावलीको मस्यौंदा २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत भएको छ । मस्यौदामाथि संसोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।
