आईतबार ६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेर रोकिएको छ ।
नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, हाइड्रोपावर लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।