मकवानपुर बस दुर्घटना अपडेट : घाइतेहरुको नाम खुल्यो

तु खबर संवाददाता
२०७९ चैत्र २,बिहीबार १८:५४

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा आज दिउँसो भएको बस दुर्घटना परेर घाइते भएकाहरुको नाम खुलेको छ ।

दिउँसो ३ बजेर ४० मिनेटको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना हुँदा घाइते भएका १३ जनाको नाम खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएकामध्ये सबैभन्दा धेरै मकवानपुरका रहेका छन् । उक्त दुर्घटनामा परेर मकवानपुरका ७ जना घाइते भएका छन् । यसैगरी, उदयपुरका एक जना, चितवन र बाराका दुई/दुई जना र खोटाङका एक जना रहेका छन् ।

यसअघि प्रहरी नायव उपरीक्षक कार्कीले उक्त दुर्घटनामा परेर १४ जना घाइते भएको जानकारी गराएका थिए । उनीहरु सबैको चितवन घाइते सबै जनालाई उपचारको चितवनको भरतपुरतर्फ पठाइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

हेर्नुहोस् घाइतेहरुको नामावली ।

गम्भीर घाइते
१) बस चालक उदयपुरको कटारी नगरपालिका बस्ने अन्दाजी ३३ वर्षीय समिन मिया ।

सामान्य घाइते
२) मकवानपुरको मनहरी गाउँपालिका–७ बस्ने अन्दाजी ३१ वर्षीया रोसनी बर्तौला ।
३) मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने अन्दाजी २४ वर्षीय अर्जुन नेपाली ।
४) मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने अन्दाजी २२ वर्षीया सरिता परियार ।
५) मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ७० वर्षीया फुल माया तमाङ ।
६) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ४२ वर्षीया रिता थापा ।

मध्यम घाइते
७) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २९ वर्षीय राकेस प्याकुरेल ।
८) मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ७५ वर्षीया धन देबी थापा ।
९) चितवनको राप्ति ननगरपालिका वडा नम्वर १ बस्ने ४१ वर्षीया लक्ष्मि घलान ।
१०) चितवनको राप्ति ननगरपालिका वडा नम्वर २ बस्ने ३६ वर्षीया बबिता लामा ।
११) खोटाङको मजुवागडि गाउँपालिका वडा नम्वर २ बस्ने ३२ वर्षीय दिपेस राई ।
१२) बाराको कलैया नगरपालिका वडा नम्वर १ बस्ने २४ वर्षीय रामपुकार साह कानु ।
१३) बाराको फेटा गाउँपालिका वडा नम्वर ४ बस्ने ५६ वर्षीय बोधनाथ राउत कुर्मि ।