आज देशभर आंशिकदेखि सामान्य बदली रहने

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार ०८:३५
file-photo

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो ।

आज कतिपय स्थानमा दिनभरी नै मौसममा बदली हुनुका साथै तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने स्पष्ट बताइन् ।