मकवानपुरमा एक जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार ११:०८
file photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ दरदरामा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।

बिहान साढे ८ बजेको समयमा स्थानीय ५० वर्षीय कृष्णबहादुर सुरखेति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुरखेति आफ्नै घरभित्र काठको बलोमा तन्ना (कपडा) को पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

हाल घटनास्थललाई सुरक्षित राखिएको र मुचुल्का कार्यको लागि ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा टोली जाँदै गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।