बसको ठक्करबाट कार्कीको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र ३,शुक्रबार १०:२५

पोखरा । पोखरामा आज बिहान बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान नगर बसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्वरको बसले ग ९ प ९९८९ नम्वरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले बस चालक सागर क्षेत्रीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।