विजेता खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख दिने

मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक/एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागिएको प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवम् सरकारका जगन्नाथ थपलियाले जानकारी दिए ।
बिहीबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा जित हात पारेसँगै नेपाल विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो ।