कांग्रेसले केन्द्रीय कार्य सम्पादनको बैठक बोलायो

तु खबर संवाददाता
२०७९ चैत्र ४,शनिबार १६:११

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्डले पुनः प्रतिनिधि सभामार्फत विश्वासको मत लिन लागेका हुन् ।