गाडीको ठक्करबाट वृद्धाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र ४,शनिबार १८:०२
File Photo

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ९, तिलगंगास्थित सडकमा शनिबार बिहान गाडीको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

ना ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।