आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ चैत्र ५,आईतवार ०८:३४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति पनि देशका पहाडी तथा तराईका केही भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।