रुखबाट लडेर हेटौंडाकी गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–३, जम्बु चौतारा बस्ने ३८ वर्षीया राजलक्ष्मी गोले रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आईतबार घर नजिकै रहेको लेवट सामुदायिक वनमा धयरोको रूखमा चढेर घाँस झार्ने क्रममा लडेर उनको मृत्यु भएको हो । रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।