समाचार
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालयमा दिउँसो १२ः३० बजे बस्ने भएको हो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा...
निर्वाचन आयोगद्वारा उप–निर्वाचनका लागि दल दर्ता गर्न आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य तनहुँ–१ र बारा–२ को उप-निर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन–२ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको...
मकवानपुरमा चट्याङ लागेर एक जना घाइते
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जना घाइते भएका छन् । मंगलबार राति १०ः १० बजेको समयमा चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिने बस्ने ६२ वर्षीय बमबहादुर थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीकाअ...
आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौँ । आज चैत्र कृष्ण औंसीका दिन घोडे जात्रा पर्व मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।...
प्रतिनिधि सभाको बैठक चैत्र १२ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्दै सभामुख सभामुख देवराज घिमिरेले अको बैठक यही चैत १२ गतेसम्मका लागि स्थगित गरेका हुन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई आज प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितीमा शपथ ग्रहण गराएको हो । यस...
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्रीले आफूलाई प्रतिनिधि सभाको विश्वास छ भनी...
प्रावि तहमा १० हजारभन्दा बढी शिक्षक सिफारिस
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि छनोट भएका १० हजार ३५३ शिक्षकहरुको एकमुष्ट सिफारिस गरेको छ । आयोगको अनुसार, शिक्षक संख्या माग गरिएको पद संख्यामा २ हजार ९४४ पद रिक्त भएका छन् । माग गरिए बमोजिम शिक्षक पदमा उम्मदवार छनोट हुन नसकेको हो...
राष्ट्रपति पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
स्ववियु निर्वाचन : देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै, नेपाल विद्यार्थी संघ (नेविसंघ) दोस्रो स्थानमा छ । नेविसंघले हालसम्म ७९ कलेजमा जित...










