राष्ट्रपति पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ चैत्र ६,सोमबार १७:२०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।