समाचार

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास...

उपराष्ट्रपति पदमा यादवलाई सहयोग गर्ने देउवाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्नका लागि भेट्न गएको बेला सभापति देउवाले सो प्रतिबद्धता जनाएका हुन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका साझा उम्मेदवार यादवलाई चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह...

ज्यान मार्ने उद्योग कसूरमा संलग्न ३ जना पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका–१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका–३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।...

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेको माओवादीका एक प्रभावशाली मन्त्रीले बताए । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा,...

राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले सोमबार पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को ९१० बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई...

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता पदमा चयन गरेका हुन् । यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको...

भारतीय गायक हनी सिंह नेपाल आउँदै

काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह नेपाल आउने भएका छन् । सिंह युनिफाइ नेपालको आयोजनामा आगामी चैत्र २५ गते (अप्रिल ८) काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् । ह्यातमा हुने उनको कार्यक्रमको टिकटको सबै मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको...

सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गयो

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्वर ६ मा रहेको बिसौनी मोडमा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । प्रदेश ३ ०१–०००३ क ६१७० नम्वरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न गई दुर्घटना...

चालु आवको ७ महिनामा ३२ अर्बमाथिको आर्जन, ६२ अर्ब बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार, साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो । जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८...