मकवानपुरमा झण्डै ६ हजार जनामा डंगू संक्रमण

तु खबर संवाददाता
२०७९ चैत्र ७, मंगलवार १७:५२

मकवानपुर । मकवानपुरमा ७ महिनाको अवधिमा झण्डै ६ हजार जनामा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा गत साउन महिनादेखि मंगलबारसम्म ५ हजार ८६१ जनामा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको १० वटा स्थानीय तहमा गरी ३ हजार २०५ जना पुरुष र २ हजार ६५६ जना महिलामा डेंगू संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडामा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४ हजार ३४० जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

यस्तै, थाहा नगरपालिकामा १७५, मकवानपुरगढी गाउँपालिकामा ८२, बागमती र कैलाश गाउँपालिकामा ८÷८ जना, मनहरी गाउँपालिकामा १ हजार ५३, इन्द्रसरोवर गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ५९, बकैया गाउँपालिकामा ४७, राक्सिराङ गाउँपालिकामा २५, हाल ठेनामा नखुलेका ३५ जना र अन्य जिल्लाका २६ जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

जिल्लामा हालसम्म उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।