मकवानपुरमा डेंगु सक्रमितको संख्या २४१८ पुग्यो

तु खबर संवाददाता
२०८१ पुष २, मंगलवार १६:१३

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २४ सयभन्दा बढी पुगेको छ ।

जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ४ सय १८ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार १६९ जना महिला र १ हजार २ सय ४९ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो ।

कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ?

  • हेटौंडा उपमहानगरपालिकामा १ हजार ९१२ जना
  • थाहा नगरपालिकामा १३ जना
  • मकवानपुरगढी गाउँपालिकामा ५५ जना
  • बागमती गाउँपालिकामा ५ जना
  • कैलाश गाउँपालिकामा १० जना
  • मनहरी गाउँपालिकामा २५५ जना
  • भीमफेदी गाउँपालिकामा ४२ जना
  • बकैया गाउँपालिकामा २७ जना
  • राक्सिराङ गाउँपालिकामा ९ जना
  • हाल ठेगाना नखुलेका ४२ जना
  • अन्य जिल्लाका ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।

यस्तै, जिल्लामा सोही अवधिमा ४६२ जना स्क्रब टाइफसका बिरामी भेटिएको छ । जिल्लामा स्क्रब टाएफसका बिरामी १५४ पुरुष र ३०८ महिला गरी ४६२ जना पुगेको छ ।