मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अग्रवाललाई पत्नि शोक
मकवानपुर । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाललाई पत्नि शोक परेको छ । उनकी धर्मपत्नी ५३ वर्षीया कृष्णा (खुस्बु) कुमारी गुप्ता अग्रवालको मंगलबार निधन भएको हो ।
कृष्ण गुप्ताको मुटुमा समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारतका लागिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको हो ।
पछिल्लो समय राजनीतिमा सक्रिय देखिएकी उनी नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशको समानुपातिक उम्मेदवार समेत हुन् । उनको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।
मृतक गुप्ताको एक छोरा र तीन छोरी छन् ।
