रोकिएका क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न निर्देशन

काठमाडौं । निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आईतबार निर्वाचन हुन नसकेका सबै क्याम्पसहरुलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । निर्वाचन सम्पन्न हुन बाँकी भएका १३ आंगिक कलेजलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीले जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ । काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा र काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन रोकिएको छ ।