समाचार

मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधबार दिउँसो काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए । बैठकले सत्तापक्षीय गठबन्धन दलहरुबीच सहमति अनुसार, सरकारको निर्माण गर्ने समेत निर्णय भएको...

बागमती प्रदेश सभाको बैठक स्थगित

मकवानपुर । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनको लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने प्रदेश सभामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो ।...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १५.७६ अंकले घटेर १९३३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

दुर्घटनामा परेर एक जनाको ज्यान गयो

झापा । झापामा बोलेरोले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ठक्करबाट कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार राति सवा १० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल–४ स्थित सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा...

चितुवाको आक्रमणबाट तीन जना घाइते, एकको अवस्था गम्भीर

वीरगन्ज । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । मंगलबार मध्यराति जंगलबाट गाउँमा छिरेको चितुवाको आक्रमणबाट एक जना प्रहरीसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा पोखरिया नगरपालिका–५ सतवरियाका जोगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय...

दुर्लभ वन्यजन्तु सालकको खपेटासहित श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–११ गोंगबु मनमैजु पुलबाट अन्दाजी साढे २ किलो तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/२०७९ सभा समक्ष प्रस्तुत गर्ने...

तत्काल स्ववियु निर्वाचन गराउन १७ क्याम्पसलाई त्रिविको पत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन १७ आंगिक क्याम्पसलाई पत्राचार गरेको छ । त्रिविले चैत्र ५ गते निर्वाचन हुन नसकेका १७ क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन...

विश्वासको मतबारे निर्णय लिन एमाले बागमती संसदीय दलको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय लिन नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । बैठकमा मुख्यमन्त्रीको विश्वासको...

हेटौंडामा कविता दिवस मनाइयो

मकवानपुर । सन् १९९९ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले हरेक मार्च २१ लाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेसँगै विश्वभरिका कविता प्रेमीहरूले मंगलबार सो दिवस मनाएका छन् । हेटौंडा–४ भैरवरोडमा खुलेको किताबघरमा साहित्य सर्जक, साहित्यसेवी, साहित्यप्रेमीहरूको उपस्थितिमा विश्व कविता दिवस मनाइएको छ...