दुर्घटनामा परेर एक जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १०:३५

झापा । झापामा बोलेरोले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ठक्करबाट कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार राति सवा १० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल–४ स्थित सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा उनको ज्यान गएको हो ।

प्रहरीले बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।