समाचार

बजार क्षेत्रका तार भूमिगत गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णय

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले जथाभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको हो । बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको...

प्रदेश युवा परिषद् हेटौंडाले माग्यो १२४ जना कर्मचारी

मकवानपुर । बागमती प्रदेश युवा परिषद् कार्यालय हेटौंडाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम तथा प्रदेश स्वयंसेवा परिचालन निर्देशक समितिको निर्णयानुसार एकैपटक १२४जना कर्मचारी माग गरेको हो । कार्यालयले बुधबार अन्नपुर्ण पोष्ट दैनिकमा एक सूचना प्रकाशित गर्दै कम्तीमा २ वर्ष...

हेटौंडाका एक किशोरसहित दुई जना पक्राउ

पर्सा । पर्सा प्रहरीले लागूऔषधसहित मंगलबार दिउँसो दुई किशोरलाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका–१४ बाट नियन्त्रित लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर हेटौंडा चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् । प्रहरीले उनीहरुको...

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका...

उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

काठमाडौं । चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगकोल गएराति १२ बजेदेखि लागू हुने गरी प्रचारप्रसारमा रोक लगाइएको हो । आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा...

हेटौंडामा बिहानै सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ति गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

उपराष्ट्रपतिमा यादवलाई मत नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने निर्णय गरेको छ । राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता अनुसार, यादवलाई मत आफ्नो...

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ८ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने गरी बोलाइएको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए । बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित छलफल हुने उनले बताए । आगामी चैत्र ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी...

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दरपिठ

काठमाडौं । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी थिइन् । सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको जानकारी दिइएको छ । यसअघि आइतबार...

उपराष्ट्रपतिमा अष्टलक्ष्मीले जित्ने सम्भावना छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए । अध्यक्ष ओलीले नेकपा एमाले...