समाचार

मकवानपुरमा एक जना मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ स्याउली नजिकै सामरीको खोला छेउमा आज बिहान एक जना मृत अवस्थामा फेला परेका छन् । बिहान ७ः४५ बजेको समयमा स्थानीय ५५ वर्षीय सोर्जे पुलामी मगर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...

हेटौंडा सिमेन्ट उद्योगमा प्रयोग हुने क्लिङ्कर उत्पादन बन्द

मकवानपुर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि बन्द भएको छ । सिमेन्ट उत्पादनको लागि आगो बाल्ने भट्टिमा प्रयोग हुने क्लिङ्करमा समस्या देखिएपछि आज उत्पादन कार्य बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए । करिब एक हप्ताभित्रै आगो बाल्ने भट्टिमा जडान गरिएको उपकरण (क्लिङ्कर)...

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही

सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट...

हिउँमा फसेका दुई नेपालीको उद्धार

गोरखा । गोरखाको लार्केपासको हिउँमा फसेका दुई जना नेपालीको उद्धार गरिएको छ । हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो । नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार,...

मकवानपुरका घलान प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–८ चौतराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले करिब ४५ किलो गाँजासहित बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय लालबहादुर घलान रहेका छन् । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा...

मकवानपुरको फापरबारीमा चार दिने रामनवमी मेला हुने

मकवानपुर । मकवानपुरको बामगती गाउँपालिकामा चार दिने रामनवमी मेला हुँदैछ । आगामी चैत्र १३ गतेदेखि १६ गतेसम्म बागमती–८, फापरबारीस्थित रामजानकी मन्दिरमा मेला हुने भएको मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए । स्थानीय धार्मिक मेला र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको संयोजक पुलामीले बताए । २०३३ सालदेखि...

मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल

काठमाडौं । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन् । आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । दाहालले यही चैत्र ६...

रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन...

तीन उपसचिवलाई आठ वर्ष कैद

काठमाडौं । विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ । एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष...

आज चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भू–भागमा भने छिटफुट वर्षा...