समाचार

इँटा उद्योगको पर्खालले किचेर महिलाको ज्यान गयो, दुई जना घाइते

सिराहा । सिराहामा शुक्रबार बिहान इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको गोलबजार–८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको ज्यान गएको हो । ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल...

आईजीपी नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।...

प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता रहेको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले सत्ता गठबन्धन दलका नेताहरुसँग बुधबार यता...

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको गएराति निधन भएको हो । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवम् समाचार बाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको उनकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् । विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी...

अर्काको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने केसी पक्राउ

सुर्खेत । रुकुम पश्चिममा एक जना महिलाको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम दाङको तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवा बस्ने ३५ वर्षीय प्रेम बहादुर केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले रुकुम पश्चिम मुसिकोट नगरपालिका– ९ चौखाबाङ् घर भई...

१० जना प्रहरी फरारको सूचीमा (नामावलीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १० जना प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउँन सूचना जारी गरेको छ । यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।...

बागमती प्रदेश सरकारबाट बाहिँरिदै एमाले

मकवानपुर । बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । एमालेका ४ मन्त्रीहरूले शुक्रबार बस्ने प्रदेश सभा बैठकमा घोषणा गरेर पदबाट राजीनामा दिने तयारी गरिएको एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार, एमालेले शुक्रबार १ बजे बस्ने प्रदेश सभा बैठकमा...

ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमितको संख्या बिहीबार एकैदिन १७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, बिहीबार आज एक हजार ४५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । चैत्र ७...

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको मतपरिणाम सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगत यही चैत्र ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको मत परिणाम सार्वजनिक भइसकेको छ । देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण...

घुस लिएको आरोपमा सहायक वन अधिकृत निलम्वित

जनकपुरधाम । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । घुस लिएको भिडियो फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो । वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन...