समाचार
स्ववियु निर्वाचन : आज रातिदेखि प्रचारप्रसारमा रोक
काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि लागू हुने गरी रोक लगाइएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार, उम्मेदवारहरुले आज चैत्र २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु...
भीमफेदीमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गयो
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्व ४, ठुलो गुण्डिङमा आज दिउँसो अटो दुर्घटना हुँदा एक जनाको ज्यान भएको छ । दिउँसो १२ बजेको समयमा ठूलो गुण्डिङस्थित भित्री सडकखण्डमा सानो गुण्डिङबाट भैंसेतर्फ आउँदै गरेको ना २ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ९० मिटर तल खोल्सीमा खसेर...
डीडीसीले बढायो दूधको मूल्य, प्रतिलिटर कति पुग्यो ?
काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी प्रतिलिटर ११ रुपैयाँले दूधको मुल्य बढाउने निर्णय गरेको संस्थानका महाप्रबन्धक सञ्जिव झाले जानकारी दिए । यससँगै अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर...
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको विषयमा सहमति गरेका १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरू भएको हो । राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार रहेका छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी (जसपा) लाई...
हेटौंडा दुर्घटना अपडेट : मृतकको सनाखत
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर मृत्यु भएकी महिलाको मृत्यु भएको छ । बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ती गाडीले ठक्कर दिँदा मृत्यु भएकी महिलाको सनाखत भएको...
नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ
काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका पारस साह तुराह रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । तुराहमाथि शंका लागि शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको...
उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने...
मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक
काठमाडौं । सरकारले अतिआवश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान रोक लगाएको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बुधबार मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गर्दै मन्त्री र कर्मचारीले अत्यावश्यक बाहेक...
पोखरा विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद थप
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद थप गरेको छ । मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार जानकारी दिइन् । गत माघ १ मा काठमाडौंबाट गएको यती एयरको...
हेटौंडामा चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आगामी चैत्र ४ गतेबाट अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने भएको हो । चैत्र ११ गतेसम्म संचालन हुने प्रतियोगिता हेटौंडा उपमहानपालिका वडा नम्वर ५ पिप्ले (क्याम्पा) रंगशालामा हुनेछ ।...









