ह्वातै बढ्यो कोरोना संक्रमितको संख्या

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार ०८:४५

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमितको संख्या बिहीबार एकैदिन १७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, बिहीबार आज एक हजार ४५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । चैत्र ७ र चैत्र ८ गते भने शून्य संक्रमित थिए । चैत्र ७ गते ९०९ र चैत्र ८ गते १ हजार ३८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।