समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको भाउ घटेर आएको हो । भाउ घटेसँगै पेट्रोलको मुल्य लिटरमा ८६ पैसा र डिजेलको मुल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ...

निर्वाचन आयोग : उपराष्ट्रपति चुनावअघि दलहरुको बैठक बोलाउन रोक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तरक्रिया र सभा समारोह गर्न रोक लगाएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार...

बहुविवाह गर्ने एक जना जेल चलान

जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एक जना जेल चलान भएका छन् । जिल्लनमने छिन्नमस्ता गाँउपालिका वडा नम्वर २ बस्ने २४ वर्षीय सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा २०७६ पुस ९ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना...

क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल र यूएई बिचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला प्रदान गर्न र विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी...

हेटौंडा सामुदायिक आँखा अस्पताल : एक वर्षमा ९७४०९ जनाले पाए सेवा

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा ५ हजार २६४ वटा आँखासम्बन्धि शल्यक्रिया गरेको छ । सन् २०२२ मा मात्रै अस्पतालले ३ हजार ७७८ वटा ठूला र १ हजार ४८६ वटा माइनर अप्रेशन गरेको अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले जानकारी दिए । सो अवधिमा अस्पतालले ९७ हजार ४०९...

ओलीले दिए नेपाली क्रिकेटरलाई जितको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् । ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् । ‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको...

उपराष्ट्रपति बारे सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । उपराष्ट्रपति बारे सहमति खोज्न १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहमति हुन नसकेपछि आज फेरी गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार बसेको बैठकमा पनि उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल थियो । उक्त बैठकमा आधिकारिक उम्मेदवार तोक्ने विषयमा...

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा...

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै...

समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल...