अवैध गाँजासहित मकवानपुरका भोम्जन पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र १०, शुक्रबार १६:४६

मकवानपुर । मकवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातामाटेबाट बिहीबार राति अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ९ नामटार बस्ने ३० वर्षीय शुबन्द्र भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भोम्जनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।