समाचार

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । लुम्बिनी,...

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । गत चैत्र ८ गते बुधबार अपराह्न ३ बजे विश्वासको मत लिनका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने...

दुर्घटनामा परेर ८ जना घाइते

काठमाडौं । काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा बिहीबार दिउँसो चार वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दिउँसो सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, घाइतेमध्ये...

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि उनी बालुवाटार पुगेका हुन् । उनीसँगै उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । सोही छलफलमा सहभागी हुन कांग्रेसका सभापति देउवा बालुवाटार पुगेका हुन् ।...

वृद्धालाई ह्विलचियर सहयोग

हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्पडेक्सले शारिरिक रुपमा अशक्त वृद्धालाई ह्विलचियर सहयोग उपलब्ध गराएको छ । लायन बिनोद पौडेलले सौजन्य सहयोग गरेको ह्लिचियर आज हेल्पडेक्सले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ निवासी गंगामाया बस्नेतलाई हस्तान्तरण गरेको हो । ६७ वर्षीया बस्नेत शारिरिक अशक्तताका कारण समस्यामा थिइन् । ह्विलचियर सहयोग पाएपछि...

हेटौंडाका दुई जनासहित १६ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवा खालबाट हेटौंडाका दुई जनासहित १६जुवाडेलाई पक्राउ गरेको छ । बुधबार साँझ जिल्लाको मध्यपुर थिमि–१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा क्याफेका संचालक दिलीप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी,...

दिल्लीबाट १० नेपाली महिलाको उद्धार

काठमाडौं । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाहरुको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदुतावास,...

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सो निर्णय गरेको हो । नेता शरतसिंह भण्डारीले आफुहरु सरकारमा सहभागी हुँदा सम्मानजनक जनक उपस्थिति हुनुपर्ने बताए । यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।...

दोहोरो अंकले घट्यो शेयर बजार, एक अर्ब ४१ करोडमाथिको कारोबार

काठमाडौं । उतारचढावकाबीच आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख...

लागूऔषध मुद्दामा फरार मकवानपुरका थिङ पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार एक जनालाई आज बिहान पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ लुङ्बा टोलबाट लागूऔषध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागूऔषध मुद्दामा फरार प्रतिबादी स्थानीय मेम्बर चोक बस्ने ३१ वर्षीय साजन थिङ रहेको जिल्ला प्रहरी...