समाचार
विप्लव नेतृत्वको नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो । तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर...
जसपाद्वारा कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेताहरुले बताएका छन् । बैठकमा पार्टीको तर्फबाट समानुपातिक सांसदबारे छलफल हुनेछ । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४४ अंकले घटेर १९३८ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ...
जसपाका नेताहरू र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरू र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उनीहरुबीच बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । भेटमा देशको समसामयिक राजनीतिक अवस्था, उपराष्ट्रपतिको चुनावलगायतको विषयमा कुराकानी भएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले जानकारी दिए...
प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चैत्र ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र...
सिकारीले चलाएको गोली लागेर किशोरको मृत्यु
सल्यान । सल्यानमा सिकारीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ । गोली लागेर बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते...
नेकपा र नेकपा माओवादी समाजवादीबीच एकता हुँदै
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए । आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार...
ए डिभिजन लिग : आर्मी र एपीएफ भिड्दै
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बुधबार) दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्को विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीहरुबीचको खेल च्यासल मैदानमा दिउँसो २ः३० बजे सुरु हुनेछ । लिगमा तीन खेल खेलको आर्मी...
सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचना बमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी...
दुर्घटनामा परेर मकवानपुरका योन्जनको ज्यान गयो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२, खोरभञ्ज्याङ्स्थित भित्र कच्चि सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार साँझ ७ बजेको समयमा शिबम सिमेन्ट फ्याक्ट्रिको चक्ति ढुङ्गा खानिमा शिवम सिमेन्ट प्याक्ट्रिबाट ढुङ्गा लोड गर्न जाँँदै गरेको ना ८ ख ५३३५ नम्वरको टिपर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ९००...










