दोहोरो अंकले घट्यो शेयर बजार, एक अर्ब ४१ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ चैत्र ९, बिहीबार १६:३८

काठमाडौं । उतारचढावकाबीच आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्ला केही दिनयता शेयर बजारमा १ अर्ब भन्दा माथि कारोबार उक्लिन सकेको छैन ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी आज ब्यापार उपसूचक ३.०५ प्रतिशतले घट्न पुगेको छ ।