समाचार
२१ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर भक्तपुर बस्ने ३२ वर्षीय विनोद लामा रहेका छन् । प्रतिवादी लामालाई सूर्यबिनायकबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उच्च अदालत पाटन २०७८ पुस...
उपराष्ट्रपति निर्वाचन : आज रातिबाट प्रचारप्रसारमा रोक
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत्र ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेबाट लागू हुने गरी प्रचारप्रसारमा रोक लगाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारमा रोक लगाइएको हो । निर्वाचनका...
ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको मान्यता दिन एमालेको माग
काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष ओलीलाई प्रतिनिधि सभामा विपक्षी दलको नेताको मान्यता दिन माग गर्दै संसद सचिवालयलाई पत्र लेखेकका छन् । उनले संसद सचिवालयलाई पत्र पठाएर समर्थन...
त्रिविद्वारा समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार, समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ । २१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् । ५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै...
प्रजातान्त्रिक युवा संगठनद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । रासायनिक मलमा अनुदान कटौती गर्दा किसानहरु मर्कामा परेको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनका संयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्याउने किसानहरुको ढाड सेकिने गरी मलमा अनुदान कटौती गर्नुको साथै भारी मूल्यवृद्धी गरेको प्रति आपत्ती जनाए ।...
अवैध लागूऔषधसहित पाँच जना प्रहरीको फन्दामा
काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित दुई छुट्टाछुट्टै जिल्लाबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ र धनकुटाबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नम्वर १ गजुरी बजारस्थित सडकबाट लागूऔषध गाँजा २१ किलोसहित २ जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ...
शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजारमा झिनो अंकको सुधार आएको छ । शेयर बजार खुलेको केही समयसम्म घटेको नेप्से सूचक मार्केट बन्द हुनेबेलासम्म १.८५ अंकले बढेर १९५३ विन्दुमा पुगेर रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाएर सार्वजनिक गरेसँगै...
घरघरमा सेवा दिन पुग्यो राक्सिराङ गाउँपालिका
मकवानपुर । आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविर सुरु गरेको छ । घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा सुरु गरिएको हो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा...
मकवानपुरका नीजि बैंकहरु बन्द
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको अनुरोधमा आज जिल्लाका नीजि बैंकहरुले सेवा बन्द गरेका छन् । चर्को व्याजदरको विरोध गर्दै मउवा संघले नीजि बैंकहरुलाई पत्राचार गरेपछि जिल्लास्थित नीजि बैंकहरुले आज एक दिनको लागि आफ्नो सेवा प्रवाह बन्द गरेका हुन् । बैंक बन्द भएपछि सेवाका लागि आएका सर्वसाधारण नागरिकहरु...
माओवादी धारले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दै
काठमाडौँ । आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् । गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग...










