तीन जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ चैत्र ८, बुधबार १६:५९
सांकेतिक तस्वीर

काठमाडौं । देशभरका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीकको केन्द्रीय समाचार कक्षका अनुसार, देशको भक्तपुर, धनुषा र संखुवासभामा एक/एक जना मृत अवस्थामा फेला परेको हो ।

भक्तपुर नगरपालिका–२ व्यासी औद्योगिक क्षेत्रमा रहेको सोभुगाड नेपाल दुधडेरीमा काम गर्ने सुर्यबिनायक नगरपालिका–७ बाराहीस्थान बस्ने शंखुवासभा स्वाटी घर भएका ६४ वर्षीय तुलाराम तामाङ मृत अवस्थामा फेला प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित गोठमा जनकपुर उपमहानगरपालिका–१० देवी चोक बस्ने ६५ वर्षीय जोगी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, संखुवासभाको खादबारी नगरपालिका–९ तुम्लिङटार मनकामनास्थित अरुण नदीको किनारमा पनि अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।