जसपाको विधान अधिवेशनमा प्रतिनिधि तोक्न कार्यदल गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले विधान अधिवेशनमा सहभागी हुने विभिन्न पेशागत तथा भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे टुंगो लगाउन कर्यादल गठन गरेको छ ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको नेता मनिष सुमनले जानकारी दिए ।
चैत्र २७ देखि २९ गते हुने विधान अधिवेशन सम्पन्न गर्न जिल्ला पेशागत संगठन, भ्रातृ संगठनबाट सहभागी हुने प्रतिनिधिबारे यकिन गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको कार्यदल गठन गरेको हो ।
यस्तै, बैठकले बैशाख १० गते हुने तनहुँ, चितवन र बाराको उप–निर्वाचन प्रयोजनका लागि एक÷दुई दिनभित्रै दल दर्ता गर्ने निर्णय समेत गरेको नेता सुमनले जानकारी दिए ।
