हेटौंडा ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा बाल समूह, बालमैत्री स्थानीय शासन, ,घोषणा तथा दिगोपनाको आधार, बाल अधिकारका बिषयहरुमा बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिताका साथै स्थानीय तहमा नितिगत, संरचना, पद्वती, व्यवहार र कार्य प्रकृयामा मुलप्रवाहीकरण बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनको नगर सहकर्ता सपना ढुङ्गेल र बालमैत्री स्थानीय शासनको वडा सहकर्ता रोजीता दंगालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा समन्वय समिती हेटौंडा ८ का अध्यक्ष बिष्णु अर्यालको सभाध्यतामा कार्यक्रम भएको होे ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ का १९ वटा टोल विकासका अध्यक्ष र कार्य समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८, बालमैत्री स्थानीय शासन वडा समिती हेटौंडा ८, वडा समन्वय समिती, हेटांैडा ८ को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
