बाघको आक्रमणबाट महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र १०,शुक्रबार १६:२७

कञ्चनपुर । कञ्चनपुरमा शुक्रबार बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीका अनुसार, पारि एसएसबीको नंं ८ क्याम्पबाट करिब डेढ किलोमिटरभित्र जङ्गलमा यहाँबाट सात–आठ जना महिला घाँस काट्न गएका थिए । तीमध्ये आक्रमणबाट कलशाको मृत्यु भएको हो ।

अन्य महिलाहरु भने सकुशल छन् । प्रहरीले मुचुल्कालगायतको प्रक्रिया सकेपछि शव नेपाल प्रहरीलाई बुझाउने जनाइएको छ ।